• सोमबार, साउन ११ २०८३

गण्डकीमा थप ४९ जनामा संक्रमण, संक्रमित २७२८ पुग्याे


बिहिबार, भाद्र २५ २०७७
670
Shares

गणडकी प्रदेशमा विहीबार थप ४९ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालये दिएकाे जानकारी अनुसार पाेखराकाे वडा नम्बर ८ मात्र १३ जना भेटिएका छन् ती मध्ये ६ जन पुरुष र ७ जना महिला छन् ।

त्यस्तै ५ मा २ जना तथा १५, १९, २५ र ३२ मा एक एक जना संक्रमित थपिएका छन् । पाेखराका यी म्ध्ये १ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स हुन् ।

त्यस्तै निर्देशनालयले गारी गरेकेा विज्ञप्तिका अनुसार स्याङजाका १२ जना, बाग्लुङका ९ जना, नवलपुरका ५ जना, तनहुँका ३ जना र पर्वतका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याेसँगै गण्डकीमा संक्रमितकाे संख्या २७२८ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार