• शनिबार, भाद्र ६ २०८३

आजदेखि होटल र रेस्टुरेन्ट पनि खुल्ने


बिहिबार, भाद्र २५ २०७७
995
Shares

उपत्यकाका होटल र रेस्टुरेन्टहरु पनि बिहीबारदेखि खुल्ला हुने भएका छन्।

यसअघि गत चैतदेखि नै बन्द भएका होटल तथा रेस्टुरेन्टहरु पहिलो पटक खुल्न लागेका हुन्।

उपत्यकाका धेरैजसो होटलहरु क्वारेन्टिन र आइसोलेसनका लागि प्रयोग गर्न सूचिकृत भइसकेका छन्। बाँकी रहेका होटल पनि समय तोकेर खुल्ला गर्ने निर्णय भएको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। होटल रेस्टुरेन्टसँगै अन्य पसलहरु पनि सञ्चालन हुने भएका छन्।

सार्वजनिक सवारी साधन जोरबिजोर गरेर सञ्चालन गर्ने निर्णय भएको छ। तर, ब्युटिपार्लर, पार्टी प्यालेस, तालिम, सभा, गोष्ठी, विद्यालय भने सञ्चालन गर्न निषेध गरिएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले यसलाई अन्तिम रुप दिएर सूचना जारी गर्ने तयारी गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार