Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay
काठमाडौँ — कतारले अदक्ष श्रमिकका लागि निर्धारण गरेको न्यूनतम तलब आउँदो मार्चदेखि कार्यान्वयन गर्ने भएको छ ।
कतारले भदौ १४ गते अदक्ष श्रमिकका लागि एक हजार रियाल (३० हजार रुपैयाँ) तोकेको थियो । रोजगार परिवर्तन गर्नको लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अलथानीद्धारा स्वीकृति गरेको नयाँ कानुन बुधबार सरकारी राजपत्रमा प्रकाशित भएको छ ।
राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।