• बुधबार, साउन १३ २०८३

सवारीमा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने


बुधबार, भाद्र २४ २०७७
635
Shares

काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।

ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।

मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार