काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४६४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।