काठमाण्डौ – नेप्से दोहोरो अङ्कले बढेको छ ।
केहिदिनयता लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से बुधबार १३ दशमलव शून्य पाँच अङ्कले बढेर १५ सय आठ दशमलव २० अङ्कमा पुगेको हो ।
बैंक र विकास बैंक बाहेक अरु सबैजसो समूहको शेयर बुधबार उकालो लागेको छ । निर्जीवन बीमा समूहको शेयर दुई सय ६१ अङ्कले, बीमा समूहको एक सय ६६, माइक्रो फाइनान्सको ५५ र उत्पादन समूहको शेयर २४ अङ्कले बढेको छ ।
बुधबार दुई अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बराबरका ५८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।