• सोमबार, साउन ११ २०८३

साउदीमा कार्यरत ५२ नेपालीले कोरोनाबाट ज्यान गुमाए


बुधबार, भाद्र २४ २०७७
885
Shares

काठमाण्डौ – साउदीमा कार्यरत ५२ जना लेपालिले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएपछि हालसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको ज्यान गएको हो ।

साउदीमा अहिलेसम्म ३ लाख २२ हजार २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जसमध्ये २ लाख ९८ हजार २४६ जना निको भएका छन् । साउदीमा झण्डै तीन लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।

जसमध्ये झण्डै २४ सय नेपालीमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार