काठमाण्डौ – अफगानिस्तानको राजधानी काबुलमा उपराष्ट्रपतिलाइ लक्षित गरि बम बिस्फोट भएको छ । उक्त बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ ।
बीबीसीका अनसार उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको छ भने ज्यान गुमाउने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका खबरमा उल्लेख छ ।
अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो ।
तालिबानका मख्य बिरोधीको रुपमा चिनिने सालेहले आफूलाई लक्षित गरी आक्रमण भए पनि उहाँले राजनीतिक यात्रा नरोकिने बताउनुभएको छ ।
तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ ।