• सोमबार, साउन ११ २०८३

स्थानीय तहले तत्काल पाँच शैयाको अस्पताल बनाउनुपर्ने


बुधबार, भाद्र २४ २०७७
825
Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तत्काल कम्तीमा पाँच शैयाको अस्पताल बनाउन निर्देशन दिएको छ।

अहिलेसम्म ६ सय ४९ स्थानीय तहले पाँच शैयाको अस्पताल नबनाएको मन्त्रालयले जनाएको छ। 

अस्पताल नभएका स्थानीय तहका लागि सरकारले प्रति शैया दुई लाखका दरले १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोष सञ्चालक समितिको ११औं बैठकले अस्पताल नभएका स्थानीय तहलाई अस्पताल निर्माण गर्न १० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार