• सोमबार, साउन ११ २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो


बुधबार, भाद्र २४ २०७७
785
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ ।

बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितमध्ये ६० हजार ३ सय ११ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ९४ हजार १४ र ब्राजिलमा १ लाख २७ हजार ५ सय १७ जनाको ज्यान गएको छ ।

भारतमा ७३ हजार ९ सय २३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा भारतमा १ हजार १ सय ७ जनाको ज्यान गएको छ भने ८९ हजार ८ सय ५२ जना संक्रमित फेला परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार