• सोमबार, साउन ११ २०८३

गण्डकीमा कोरोना संक्रमणबाट ७३ वर्षीया महिलाको निधन


बुधबार, भाद्र २४ २०७७
655
Shares

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचाररत एक महिलाको मंगलबार दिउँसो ३ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो।

पोखरा महानगरपालिका १० निवासी ती महिलाको सोमबार कोरोना पोजिटिभ देखिएपछि अस्पतालको र्आसीयूमा राखेर उपचार भइरहेको र उपचारकै क्रममा उनको निधन भएको अस्पतालका निर्देशक सह.प्रा डा. अर्जुन आचार्यले जानकारी दिए।

योसँगै अस्पतालमा कोरोनाबाट मृत्यु हुने बिरामीको संख्या ९ पुगेको छ।

कोरोना संक्रमणबाट  गण्डकीमा  प्रदेशमा अहिलेसम्म  २१ जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार