• बुधबार, साउन १३ २०८३

एमएनटीभीको अनलाईन गायन प्रतियोगिता, यसरी दिन सकिन्छ आवेदन


मंगलबार, भाद्र २३ २०७७
835
Shares

अष्ट्रेलियाबाट सञ्चालित माइ नेपाल टेलिभिजन (एमएनटीभी)ले  गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ।

घरमै बसेर सिर्जनात्मक कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ टिभीले  हल अफ फेम सिजन–२ अनलाईन गायन प्रतियोगिता गर्न लागेकाे हाे। यसका लागि हिजोदेखि  आवेदन खुल्ला गरिएको छ। आवेदन अक्टोबर १५ अर्थात् असोज २९ गतेसम्म दिन सकिने टिभीले जनाएको छ। 

प्रतियोगितामा सहभागी हुन् नेपाली भाषामा गाएको गीतको अधिकतम ५ मिनेटसम्मको रेकर्डसहित आवेदन दिनुपर्नेछ।​ ईमेलमार्फत प्राप्त हुने सहभागीमध्येबाट टप ५० को छनोट गरिने र उनीहरुबीचको प्रतिस्पर्धाबाट विजेता घोषित गरिने आयोजकले जनाएको छ।  विजेताले १ लाख रुपैयाँ नगदका साथै कूल पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

आवेदनका लागि नियम एचडी क्वालिटीमा आफ्नो भिडियो पठाउनु पर्ने, मोबाइलबाट खिचिएको भिडियो पनि स्वीकार गरिने प्राप्त भएका सिर्जनालाई एमएनटीभीले गठन गरेको वरिष्ठ गायकहरू सम्मिलित निर्णायक मण्डल समक्ष राखिने निर्धारित समयमा आएका गायनको भिडियोसहित आएका प्रतिस्पर्धीमध्येबाट ५० जनाको छनोट गरिने यसअघि कुनै पनि प्रतियोगितामा सहभागी भएका, विजेता रहेकाहरुलाई पनि आफ्नो सिर्जना पठाउन र प्रतियोगितामा सहभागी हुन बन्देज लगाइने छैन।

प्रतिस्पर्धाका लागि आवेदन पठाउने मिति अक्टोबर १५, २०२० सम्म रहने । विजेतालाई एक लाख नगदसहित पाँच लाख रुपैयाँ मूल्य बराबरको प्याकेज प्रदान गरिने।  आवेदन पठाउने ठेगाना [email protected]

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार