गोरखा । गोरखामा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार ११ः४० बजे स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गर्दै गोरखाका ४ पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
संक्रमित हुनेमा गोरखा नगरपालिकाका ५ जना छन् । उनिहरु सबै वडा नम्बर ७ का रहेकाे बताइएकाे छ ।
जसमा ५, २२ र २३ बर्षका पुरुष सहित ६५ र २५ बर्षिया महिला रहेकाे बताइएकाे छ । उनिहरु सबै शनिबार काेराेनाबाटै मृत्यु भएकी बृद्धाकाे कन्ट्यक्ट ट्रेसिङ्गमा परेका थिए ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका ३ जनामा संक्रमण देखिएकाे छ । जसमा ३० बर्षका पुरुष सहित २४ र ४६ बर्षिया महिला रहेकाे विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी भिमसेन थापा गाउँपालिकाका ७० बर्षका पुरुष १ जना र सिरानचोक गाउँपालिकाका १७ बर्षिय १ युवक रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
