• आइतबार, साउन ३१ २०८३

गण्डकीमा थपिए ११ जना कोरोना संक्रमित


मंगलबार, भाद्र २३ २०७७
720
Shares

गण्डकी प्रदेशमा कोरोना मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। बिनोदबिन्दु शर्माका अनुसार मंगलबार बिहान २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–२ की ५७ वर्षीया महिला र २२ वर्षीय पुरुष, वडा नम्बर ५ का ३८ वर्षीय पुरुष र ३२ वर्षीया महिला तथा वडा नम्बर ८ की २५ वर्षीया महिला रहेका छन्।

यस्तै, कावासोती नगरपालिका–२ की २३ वर्षीया युवतीमा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका पाँचजनामा पनि संक्रमण रहेको पाइएको छ।

संक्रमितहरु वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष, वडा नम्बर १२ का २६ र २२ वर्षीय पुरुष र वडा नम्बर २७ का ४२ वर्षीय पुरुष रहेका छन्। 

योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या दुई हजार ६१२ पुगेको छ। कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार