• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट पत्रकारको मृत्यु


मंगलबार, भाद्र २३ २०७७
800
Shares

कपिलवस्तु — कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो ।

मृत्यु भएपछि उनको रिपोर्ट ताकेता गरेर मगाउँदा रिपोर्ट पोजिटिभ रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार