• बुधबार, साउन १३ २०८३

एमबाप्पेलाई कोरोना संक्रमण


मंगलबार, भाद्र २३ २०७७
740
Shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् ।

गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ ।

२१ वर्षीय एमबाप्पेले यसअघि नेशन्स कपमा स्वीडेनलाई १-० ले हराउँदा निर्णायक गोल गरेका थिए ।

उनलाई अहिले टिमभन्दा बाहिर राखिएको छ र घर पठाइसकिएको छ । फ्रान्सले नेशन्स लिग अन्तर्गत मंगलबार घरेलु मैदान स्टेड डे फ्रान्समा क्रोएसियासँग खेल्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार