• बुधबार, साउन १३ २०८३

राजश्व संकलन गर्न आजबाट बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने


मंगलबार, भाद्र २३ २०७७
770
Shares

काठमाडौं । आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

‘सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार