चितवन । चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
अस्पतालले सोमबारबाट प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
आइतबार र सोमबार संकलन गरिएका १३३ वटा नमुनाको परीक्षण थालिएको र रातिसम्म नतिजा आउने डा. गौत्तमले बताए ।