• शनिबार, भाद्र २० २०८३

कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३ सय पुग्याे, आज मात्रै ११ को ज्यान गयाे


सोमबार, भाद्र २२ २०७७
675
Shares

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

 सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप ११ जनाको मृत्यु भएको बताए।

मृत्य हुनेमा काठमाडौँका ३७, ९० र ८३ र कास्कीकी ६३ वर्षीया गरी ४ महिला रहेका छन्।

त्यस्तै संक्रमणबाट मोरङका ७६, सिरहाका ८७ र ६२, सर्लाहीका ३५, दोलखाका ६९, मकवानपुरका ३९ र बाँकेका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार