• आइतबार, साउन ३१ २०८३

नेपालमा थपिए ९ सय ७९ जना कोरोना संक्रमित


सोमबार, भाद्र २२ २०७७
690
Shares

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

 योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार