Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय नजिक पुगेकाे छ । प्रदेशका ११ जिल्लामा गरी साेबार बिहानसम्म २ हजार ५९८ पुगेको हाे।
गण्डकीमा साेमबार बिहान मात्रै थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे।
सोमबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशक शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै ३१ जना रहेका छन्। त्यस्तै नवलपरासी (सुस्तापूर्व)का १५, गोरखाका १८, तनहुँका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।
निर्देशक शर्माले संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पक्ता लागेको जानकारी दिए।