• बिहिबार, असोज १५ २०८३

समूहको अन्तिम खेलमा सन्दीपको सानदार प्रदर्शन


सोमबार, भाद्र २२ २०७७
850
Shares

क्यारेबियन प्रिमियर लिग(सीपीएल) अन्तर्गत जमैका तलावाजको समूह चरणको अन्तिम खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सानदार प्रदर्शन गरेका छन।

सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि सन्दीपको प्रदर्शन स्मरणीय रह्यो। उनले चार ओभरमा २० रनमात्रै खर्चेर १ विकेट लिनुका साथै १ ओभर मेडन समेत राखेका थिए।

लुसियाले बनाएको १४५ रन पछएको जमैका १३४ रनमै समेटिएको थियो। सन्दीपले लुसियाका ओपनर राहेकम कार्नवललाई ३२ रनमा खेलिरहँदा बोल्ड पारेका थिए।

योसँगै सन्दीपले समूहका १० खेलको ९ इनिङ्समा १२ विकेट लिए। उनले समूहका सबै खेलमा विकेट लिएका छन।

जमैकाले अब मंगलबार राति हुने पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट्स राइडर्सको सामना गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार