• बुधबार, साउन १३ २०८३

गोरखा बजारको धारापानी क्षेत्र सिल गरियो, आवत जावत पूर्ण प्रतिवन्ध


सोमबार, भाद्र २२ २०७७
1.9K
Shares

गोरखा । समुदाय स्तरमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि गोरखा बजारको धारापानी क्षेत्र सिल गरिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ को विपी चौतारादेखि धारापानी क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै आवतजावतमा पूर्ण प्रतिवन्ध लगाइएको वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले सिभिलखबरलाई बताए ।

सो क्षेत्रका एक बृद्धाको कोरोना कै कारण शनिबार मृत्यु भएको थियो भने शुक्रबार उनकै परिवारका ३ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै आज सोमबार समेत उनकै परिवारका १२ जनामा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाले जनाएको छ ।

सो क्षेत्रका नागरिकलाई खानेपानी, खाद्धान्न लगायत अत्यावस्यक सामाग्रीहरु घर मै पु¥याउने ब्यवस्था नगरपालिकाले गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार