• आइतबार, साउन १० २०८३

गोरखामा ४ वटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखियो


सोमबार, भाद्र २२ २०७७
1.1K
Shares

गोरखा । गोरखामा ४ वटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार बिहान जारी गरेको विज्ञप्तीमा गोरखामा १८ जनामा संक्रमण देखिएको पुष्टि गरेको थियो ।

जसमा ४ जना बिभिन्न सरकारी कार्यालयमा कार्यरत रहेको सिभिलखबरलाई जानकारी प्राप्त भएको छ ।

संक्रमित हुनेमा जिल्ला प्रशासन कार्यालय गोरखाका सवारी चालक, जिल्ला हुलाकका एक कर्मचारी, जिल्ला अस्पतालका एक कर्मचारी र राष्ट्रिय अनुसन्धान गोरखामा कार्यरत कर्मचारी रहेको स्रोत बताउछ ।

यि ४ जना सहित संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ७ का एकै परिवारका १२ जना रहेका छन ।

जुन शनिबार मृत्यु भएकी बृद्धाको परिवारका सदस्य रहेका छन । त्यस्तै २ जना पालुंटारका रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार