गोरखा । गोरखामा साेमबार बिहानै १८ जना काेराेनाका संक्रमित थपिएका छन् ।
गोरखा र पालुङ्गटार नगरपालिकाका गरी १८ जना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेकाे हाे ।
जसमा गोरखा नगरपालिका वडा नम्बर ७ का ६ महिला र ६ पुरुष गरी १२ जना, वडा नम्बर ८ का १ पुरुष र वडा नखुलेका २ पुरुष र एक महिला रहेकाे स्वास्थ्य निर्देशक डा बिनेद बिन्दु शर्माले सिभिलखबरलाई बताए ।
त्यस्तै पालुङ्गटार १ का एक पुरुष र वडा नखुलेकी एक महिलालाई संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।
यससंगै गण्डकी प्रदेशमा आज ६७ जना संक्रमित थपिएका छन । जसमा कास्कीमा ३१, नवलपुरमा १५ र तनहुँमा ३ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।
हेर्नुस विज्ञप्ती

