• बुधबार, साउन १३ २०८३

वीर अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पतालमा सञ्चालन गर्ने सरकारको निर्णय


आइतबार, भाद्र २१ २०७७
910
Shares


कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या आएकाले सरकारले वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए ।

यस्तै त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा। गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार