• आइतबार, साउन १० २०८३

चिनियाँ खोपको तेस्रो चरणको परीक्षण जारी


आइतबार, भाद्र २१ २०७७
1.2K
Shares


चीनमा बनाएईको कोरोना भाइरसविरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो।

उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो।

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराइएको छ।

चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ। सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो। यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार