• बुधबार, साउन १३ २०८३

आइतबार कोरोनाबाट थप ९ को मृत्य


आइतबार, भाद्र २१ २०७७
735
Shares


काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको बताए ।

मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया रहेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय रहेका छन् ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार