काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ९०, ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा संक्तमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।
आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २ सय १ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।