• आइतबार, साउन १० २०८३

आइतबार थपिए कोरोनाका ९ सय ८० संक्रमित


आइतबार, भाद्र २१ २०७७
800
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । उनीहरुमध्ये २ सय ८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९ सय ४१ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार