गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाका पहिरो पिडितलाई हङकङबाट सहयोग प्राप्त भएको छ ।
गोरखा समाज हङकङले अजिरकाट १ धनसिराका पहिरोपिडित ५ घरपरिवारलाई नगद राहात सहयोग पठाएका हुन ।
गत साउन २८ गते आएको अविरल बर्षातका कारण धनसिराका ५ घर परिवार पहिरोबाट विस्थापित बनेका थिए ।
उनीहरुको सहयोगका लागि हङकङमा बस्दै आएका अजिरकोट ३ का सूर्य प्रसाद गुरुङ र इश्वर गुरुङले रकम जुटाउन समाजसंग समन्वय गरेका थिए ।
गोरखा समाजले हङकङबाट पठाएको नगद ५० हजार रुपैया रकम आइतबार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवं गरिवसंग विशेस्वर कार्यक्रमका गोरखा जिल्ला सहजकर्ता ओम गुरुङले पिडित परिवारलाई हस्तान्तरण गरेको अजिरकोट गाउँपालिकाका गाउँकार्यपालिका सदस्य कृष्ण बहादुर घलेले सिभिलखबरलाई जानकारी दिए ।
तस्विर : बिक्रम अधिकारी