• आइतबार, साउन १० २०८३

सुरक्षाकर्मीमा संक्रमितको संख्या २ हजार १ सय नाघ्यो


आइतबार, भाद्र २१ २०७७
835
Shares

काठमाडौं । नेपाल प्रहरीका २ हजार १ सयबढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १ सय ६१ मा सङ्क्रमितमध्ये ९ सय ५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाको तीन जिल्लामा सबैभन्दा बढी ६ सय २४ जना सङक्रमित भएका छन् । त्यसमध्य ५ सय ५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३ सय ८९ जना सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३ सय १८ जना उपचारपछि घर फर्किएका र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार प्रदेश १ मा ३ सय ४०, प्रदेश २ मा २ सय ५७, बाग्मती प्रदेशमा १००, गण्डकीमा १ सय ४३, प्रदेश ५ मा १ सय ९८, कर्णाली प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी प्रवक्ता कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए ।

उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अबस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार