• आइतबार, साउन १० २०८३

प्रसूति सेवा लिन आउनको संख्यामा आएन कमी


आइतबार, भाद्र २१ २०७७
720
Shares

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन ।

यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि ‘सुत्केरी’ गराउनेको भने कमी नआएको जनाइएको छ ।

दैनिक ६० देखि ७० जना सुत्केरी हुने गरेका अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । तीमध्ये शल्यक्रियामार्फत सन्तानलाई जन्म दिनेको सङ्ख्या दैनिक २० देखि ३० जना रहेका छन् । उपत्यकाभित्र र उपत्यका बाहिरबाट पनि प्रसूति सेवाका लागि महिला अस्पतालमा आइरहेका छन् ।

अस्पतालमा सामान्य अवस्थाभन्दा नियमित गर्भवती जाँचका लागि आउनेको सङ्ख्या भने घटेको छ । अस्पतालमा एक महिनामा झण्डै छ हजार नियमित जाँचका लागि आउने गरेका छन् । यो सङ्ख्या बन्दाबन्दीको अवधिमा झण्डै ४० प्रतिशत कम थियो । उपत्यकामा निषेधाज्ञा जारी भएपछि अहिलेको आधा सङ्ख्यामा मात्रै जाँचका लागि आएको पाइएको छ ।रासस

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैतदेखि बन्दाबन्दी लागू गरे पनि गत वर्ष अघिल्ला वर्षहरुभन्दा बिरामीको चाप कम नभएको तथ्याङ्कले देखाएको छ । गत आवमा २२ हजार ४०० ले सेवा लिएका थिए । यो सङ्ख्या आव ०७५र७६ मा २१ हजार ५०० थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार