काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भयावह बनेकाले ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।निषेधाज्ञा केही मात्रामा खकुले बनाएता पनि संक्रमणको जोखिम भने घटेको छैन ।
प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका छन् ।