गोरखा । गाेरखा नगरपालिका ७ की ७५ बर्षिया कोरोना संक्रमित बृद्धाको अन्त्यष्टी गरिएको छ ।
हिजो शनिबार गेरखा अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलाको आज शनिबार दिउँसो करिब ३ बजे अन्त्यष्टी गरिएको हो ।
कन्ट्याक्ट ट्रेसिङ गरिएकी महिलाको उपचारका क्रममा निधन भएको तर कोरोना पोजेटिभको रिपोर्ट भने आज आइतबार बिहान मात्रै आएको जिल्ला अस्पतालले जनाएको छ ।
सो लगत्तै डिसिएमसीको बैठकले उनको शवलाई गोरखा नगरपालिका १२ को दरौदी नदी र लुदी खोलाको दोभानमा गर्ने निर्णय निर्णय गरेको थियो ।
उनको शव दिउँसो करिब ३ बजे सोही स्थानमा सेनाको सम्मान सलामी सहित ब्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सिभिलखबरलाई बताए ।
यसअघि पालुँटारका एक पुरुषको समेत सोही क्षेत्रमा शव ब्यवस्थापन गरिएको थियो । तर सो समयमा स्थानीयको ठूलो भिडले शव ब्यवस्थापनमा निक्कै अवरोध गरेका थिए ।
यस पटक भने शव ब्यवस्थापनमा कुनै पनि अवरोध नभएको र सहज रुपमा बृद्धाको शव ब्यवस्थापन गरिएको प्रजिअ भट्टराईले बताए ।
यससंगै गोरखामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ भने अन्य जिल्लामा बस्ने गोर्खाली समेत गर्दा ५ जना पुगेको छ ।