• बिहिबार, असोज १५ २०८३

श्रीमतीद्धारा श्रीमानको हत्या


आइतबार, भाद्र २१ २०७७
735
Shares


समाजमा अहिले बलात्कार, हत्या जस्ता अपराधहरु दिन प्रतिदिन बढिरहेको छ । रुकुममा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढा रहेकी छिन् ।बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् ।

केही दिन अघि श्रीमान् बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी थिइन् । गाउँवासी मिलेर खोज तलासमा लागेपनि तीन दिनसम्म भीमबहादुरको शव भेटिएन । चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो ।

प्रहरीका अनुसार त्यस दिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेसमा आएर हत्या गरेको बयान दिएकी छन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार