काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काइ–३ की ४५ वर्षीया महिलाको४५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।
उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनुका साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस्तै मृतक मधुमेहको रोगी समेत भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।