• बुधबार, साउन १३ २०८३

डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण गरिने


आइतबार, भाद्र २१ २०७७
785
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।

बुटवलमा स्थायी वसोवास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाको डायलिसिसका बिरामीलाई कोभिड—१९ को सबै परीक्षण निःशुल्क गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब सङ्कलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाका बिरामीलाई उनीहरु बसेको स्थानमै समेत पुगेर परीक्षण गर्ने गरी काम शुरु भएको प्रमुख सुवेदीले बताए । उनले अस्पतालहरुमा डायलिसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए ।

बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिस गर्ने बिरामीको सङ्ख्या करीब ६०० रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै बिरामीको नियमित डायलिसिसअघि डेढ महिनामा दुईपटक पिसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ । पिसीआर परीक्षणपछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार