• बुधबार, साउन १३ २०८३

भारतीय सीमा सुरक्षा बलले चलायो गोली


आइतबार, भाद्र २१ २०७७
725
Shares


भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक युवकको मृत्युु भएको छ । भारत–बंगलादेश सीमा क्षेत्रमा सीमा सुरक्षा बलको गोली लागेर एक बंगलादेशी युवाको मृत्यु भएको हो ।

चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा ती युवालाई भारतीय सीमा सुरक्षा बलले गोली हानेको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा तेलकुपी गाउँका २२ वर्षीय बादशाह नामका युवा रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

शहबाजपुर युनियन परिषद्का अध्यक्ष तोजाम्मेल हकका अनुसार सब्देलनपुर क्याम्पका सुरक्षाकर्मीले बादशाहमाथि राति ११ बजेतिर गोली हानेका थिए । बादशाहसहित अन्य केही व्यक्ति त्यस समय बोर्डर नजिकै थिए ।

यस घटनापछि बादशाहको शव बोर्डरमै राखिएको छ । बंगलादेशी सेनाका लेफ्टिनेन्ट कोलोनल महमुद्धुल हसनका अनुसार गत राति सीमामा दुुई पटक बन्दुक पड्किएको आवाज सुनिएको थियो, त्यहाँ शव भेटिएको जानकारी पनि उनले दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार