• बुधबार, साउन १३ २०८३

द्वन्द्व कलाकार पुजारीको निधन


आइतबार, भाद्र २१ २०७७
835
Shares


हिजो शनिबार साँझ द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन भएको छ । निर्मातासमेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पुजारीको निधन भएको जानकारी दिए ।

घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । ५४ वर्षको उमेरमा निधन भएका उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनले थुप्रै चलचित्रमा द्वन्द्व कलाकारको भूमिका निर्वाह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार