पाकिस्तानमा शनिबार एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् । केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गोली हानी हत्या गरिएको थियो ।
रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ।
शाहिनलाई उनको घरमै गएर हत्या गरिएको थियो । प्रहरीका अनुसार दुई हमलाकर्ता उनको घर पुगेर ढोका खोल्नेबित्तिकै शाहिनमाथि गोली हानियो हो। शाहिनलाई पाँच गोली लागेका थियो । एक अज्ञात व्यक्तिले शाहिनलाई कारमा लिएर अस्पताल पुगे तर त्यसको केही बेरपछि नै उनी गाडी छोडेर फरार भए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । शाहिनका परिवारले केही मानिसहरुविरुद्ध मुद्दा दर्ता गरेका छन् । यसमा शाहिनका श्रीमान् पनि समावेश छन् । शाहिनको पाँच महिना अघि विवाह भएको थियो ।