• बिहिबार, असोज १५ २०८३

डिजेल बोकेको ट्याङ्कर पल्टियो


आइतबार, भाद्र २१ २०७७
775
Shares


काठमाडौँ । डिजेल बोकेर आएको ट्याङ्कर थानकोटमा पल्टिएको छ ।चन्द्रागिरि नगरपालिका– ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको हो ।

ना ७ ख ७३९ नम्बरको ट्याङ्कर २० केएल डिजेल बोकेँर रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको गाडी पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

गाडी दुर्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार