• बुधबार, साउन १३ २०८३

आइतबारको मौसम पुर्वनुमान


आइतबार, भाद्र २१ २०७७
1.3K
Shares


मौसम पुर्वनुमानका अनुसार आज (आइतबार) देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि भारी वर्षा समेत हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको विज्ञप्ति अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले बाढी पहिरो आउने सथान, पानीको बाहव बढ्ने क्षेत्र, दुर्गम ठाँउमा आवश्यकता सर्तकता अपनाउन अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार