• बुधबार, साउन १३ २०८३

सिपीएलः सन्दीप आबद्ध जमैकाको खेल आज राति


आइतबार, भाद्र २१ २०७७
800
Shares


क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज(शनिबार) राति खेल्दैछ।

ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्न लागेको हो। उक्त खेल नेपाली समयानुसार राति १२ बजे शुरु हुनेछ। बार्बाडोसको भने यो १०औँ खेल हो।

जमैकाको यसअघि आठौँ खेल वर्षाका कारण रद्द भएको थियो। जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ।

दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ। बार्बाडोस पाँचौँ स्थानमा रहेको छ। बार्बाडोस सिपीएलबाट बाहिरिसकेको छ।

सन्दीपले सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसकेका छन। उनी सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार