• आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशमा संक्रमितको संख्या २५ सय नाघ्यो


आइतबार, भाद्र २१ २०७७
875
Shares


पछिल्लो केही दिनदेखि गण्डकी प्रदेशमा समुदायस्तरमानै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

आइतबार बिहान साढे ९ बजेसम्मको अपडेट अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५१४ पुगेको छ।

आइतबार बिहान मात्रै ६९ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

क्षयरोग उपचार केन्द्र, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, र चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा प्रदेशमा ६९ जना नयाँ संक्रमित थपिएका हुन्।

थपिएका नयाँ संक्रमितमा स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (सुस्तापूर्व)का १३, तनहुँका ७, बागलुङका ३, लमजुङका २ र गोरखाका २ जना रहेको निर्देशक शर्माले जानकारी दिए।

निर्देशक डा. शर्माका अनुसार संक्रमितमध्ये पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्यान्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी रहेको र लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी रहेका छन्।

अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार