• बुधबार, साउन १३ २०८३

चितवनमा कोरोनाबाट थप एकको मृत्यु


आइतबार, भाद्र २१ २०७७
680
Shares


चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उनको ८ बजे मृत्यु भएको हो ।

यससँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार