• आइतबार, साउन १० २०८३

रसियाली खोप कोरोनाविरूद्ध प्रभावकारी देखियो


आइतबार, भाद्र २१ २०७७
750
Shares


रसियाका वैज्ञानिकले आफूले उत्पादन गरेको रसियाली भ्याक्सिनको पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा २८ दिनमा मानिसको शरीरमा टी सेल्सले कोरोना भाइरसविरुद्ध काम गर्न सुरु गरेको बताइएको छ ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको रिपोर्टमा प्रत्येक सहभागीको शरीरमा भाइरसविरुद्ध लड्नका लागि एन्टिबडी निर्माण भएको र यसको कुनै भयानक साइड इफेक्टसमेत नरहेको बताइएको छ ।

लान्सेट पेपर अनुसार स्पुतनिक भी को दुईवटा ट्रायल जून र जुलाई महिनामा भएको थियो । प्रत्येकमा ३८ स्वस्थ्य स्वयंसेवकको उपस्थिती रहेको थियो जसलाई सुरुमा स्पुतनिक भी भ्याक्सिन दिइएको थियो भने त्यसको तीन हप्तापछि बुस्टर भ्याक्सिन दिइएको थियो ।

१८ देखि ६० वर्ष उमेर समूहका यी सहभागीलाई ४२ दिनसम्म अवलोकन गरिएको थियो । उनीहरुमा तीन हप्ताभित्र एन्टिबडी विकसित भएको पाइयो । उनीहरुमा टाउको र जोर्नी दुखाई साधारण साइड इफेक्ट देखिएका थिए ।

रसियाले उक्त भ्याक्सिन अगस्टमा स्थानीय प्रयोग गर्न अनुमति दिएको थियो । रिपोर्ट प्रकाशित नगरी भ्याक्सिन प्रयोगमा अनुमति दिने यो पहिलो देश हो । त्यसैले यसको व्यापक आलोचनासमेत भएको थियो । बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार