• आइतबार, साउन १० २०८३

भारतमा एकैदिन थपिए ९० हजार भन्दा बढि संक्रमित


आइतबार, भाद्र २१ २०७७
760
Shares


काठमाडौं । दैनिकी संक्रमितको संखयामा भारतले फेरी नयाँ रेकर्ड कायम गरेको छ । भारतमा एकैदिन ९० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६ सय ५४ नमुना परीक्षण गर्दा ९० हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता दैनिक ८० हजारभन्दा धेरै जना संक्रमित थपिँदै आएका छन् ।

भारतमा कोरोना संक्रमणबाट एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६ सय २६ पुगेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरणअनुसार कोरोना संक्रमणबाट प्रभावित अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार