• बुधबार, साउन १३ २०८३

एक बर्षीय बालकको जिउँदो सर्प निल्ने प्रयास


आइतबार, भाद्र २१ २०७७
1.7K
Shares


भारतको उत्तर प्रदेशमा एउटा अचम्मको घटना घटेको छ जहाँ एक बर्षीय बालकले जिउँदो सर्पको बच्चालाई निल्ने प्रयास गरेका छन् । उत्तर प्रदेशको बरेली जिल्लास्थित फतेहगञ्ज पश्चिमी थाना क्षेत्रको भोलापुरका एक बालकले सर्पको जिउँदो बच्चालाई निल्ने प्रयास गरेका हुन् ।

बालकका पिता धर्मपालका अनुसार शनिबार विहान घरमा खेलिरहेका बेला बालकले सर्पको बच्चा निल्ने क्रममा उनकी आमाले देखेपछि पुच्छरमा समातेर बाहिर निकालेकी थिइन ।

घटना अनुसार खेलिरहेका बालकले सर्पको बच्चा देखेपछि मुखमा हाले । सर्पको बच्चा पनि विस्तारै मुख भित्र पस्न थाल्यो । मुखमा केवल पुच्छर मात्रै बाँकी रहेको थियो । त्यही बेला उनकी आमाले पुच्छरमा समातेर बालकको मुखबाट सर्पको बच्चा निकालेकी हुन ।

बालकको मुखबाट निकालिएको सर्पको बच्चा मरिसकेको थियो । बालकको मुखबाट बाहिर निकालिएको त्यो सर्पको बच्चाको लम्बाई ७ ईन्च रहेको छ । यो घटना भएलगत्तै ती बालकलाई अस्पताल भर्ना गरिएको थियो ।

डाक्टरका अनुसार त्यो सानो सर्प करेतको बच्चा हो, जुन असाध्यै विषालु हुन्छ । समयमै उपचारका कारण बालकको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै केही बेर उपचार गरेपछि बालकलाई डिस्चार्ज गरिदिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार