• आइतबार, साउन १० २०८३

शनिबार गाेरखा अस्पतालमा मृत्यु भएकी महिलामा काेराेना स‌ंक्रमण पुष्टि


आइतबार, भाद्र २१ २०७७
795
Shares

गोरखा । गोरखामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

शनिबार दिउँसो जिल्ला अस्पताल गोरखामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । गोरखा नगरपालिका ७ धारापानी क्षेत्रकी ति महिलाको शनिबार बिहान मात्रै पिसिआर परिक्षण गरिएको थियो ।

दिर्घरोगको समस्या रहेकी बृद्धा महिलालाई घरबाट अचेत अवस्थामा दिउँसो करिब १ बजे अस्पताल पु¥याइएको थियो । तर उनलाई ४ बजेर १४ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

उनको आज आइबार सवा नौ बजे रिपोर्ट आएको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रबार उनको परिवारका अन्य सदस्यमा कोरोना संक्रमण देखिएपछि उनी समेत कन्ट्याक्ट ट्रेसिङ गरी नमुना लिइएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ति महिलालाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिपछि उनको उपचारमा संलग्न गोरखा अस्पतालका स्वास्थ्यकर्मी क्वारेन्टिन बसिसकेको सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई जानकारी दिए ।

उनको मृत्यु अस्पतालमै भएपनि जिल्ला अस्पतालको कुनै पनि सेवा भने प्रभावित नहुने ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार